
काठमाडौं (एजेन्सी) । एसियाली राष्ट्र इण्डोनेसियामा जारी १९औं फिफा यु–१७ विश्वकप अन्तरगत सनसनीपूर्ण नतिजा निस्किने क्रममा शनिबार समूह सी मा रहेको डिफेन्डिङ च्याम्पियन ब्राजीलले खराब शुरुवात गरेको छ ।
समूह चरणको आफ्नो पहिलो खेलमा ब्राजीलले एसियाली राष्ट्र इरानसँग ३–२ ले पराजित हुँदै प्रतियोगितामा खराब शुरुवात गरेको हो । त्यस्तै समूह सी मै रहेको अर्को पूर्व विजेता टोली इङल्याण्डले न्यु क्यालिडोनियालाई शून्यका विरुद्ध १० गोलको फराकिलो अन्तरले हरायो ।
समूह चरणको आफ्नो दोस्रो खेलमा १४ नोभेम्बरका दिन ब्राजीलले न्यु क्यालिडोनियाको सामना गर्नेछ भने सोही दिन इरानले इङल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ ।
त्यसैगरी शनिबार नै भएको समूह डी तर्फको पहिलो खेलमा अर्को एसियाली राष्ट्र जापानले पनि विजयी शुरुवात गरेको छ । विजयी शुरुवात गर्ने क्रममा जापानले पोल्याण्डलाई शून्यका विरुद्ध १ गोलको झिनो अन्तरले हरायो ।
शनिबार नै भएको समूह डी तर्फको अर्को खेलमा अफ्रिकी राष्ट्र सेनेगलले अर्को दक्षिण अमेरिकी महारथी अर्जेन्टिनालाई २–१ ले हराउँदै प्रतियोगिताको सनसनीपूर्ण शुरुवात गर्न सफल भयो ।
समूह डी तर्फ आफ्नो दोस्रो खेलमा १४ नोभेम्बरका दिन सेनेगलले पोल्याण्डको सामना गर्नेछ भने सोही दिन अर्जेन्टिनाले जापानसँग प्रतिस्पर्धा गर्नेछ ।
- युइएफए महिला युरोः दुई पूर्वविजेता स्वीडेन र जर्मनीको विजयी शुरुवात
- फिफा क्लब विश्वकपः फ्लुमिनेन्स सेमिफाइनलमा, अल–हिलालको चुनौति समाप्त
- युएएफए महिला युरोः इटाली र स्पेनको पनि विजयी शुरुवात
- पोर्चुगल र लिभरपुल स्टार जोटाको दुर्घटनामा निधन
- प्रतिष्ठित युइएफए महिला युरो शुरु, फिनल्यान्ड र नर्वेको विजयी शुरुवात