
काठमाडौं । दोस्रो नेपाल सुपर लिग (एनएसएल) खेल्न धनगढीका दुई चर्चित अफ्रिकी खेलाडी आफिज ओलावाले र फलौ डायग्ने नेपाल आइपुगेका छन् । यी दुवै खेलाडीलाई केही साता अघि मात्र धनगढीले अनुवन्ध गरेको कुरा घोषणा गरेको थियो ।
आफिजले नेपाल सुपर लिगको पहिलो संस्करण पनि धनगढी कै लागि खेलेका थिए भने सेनेगलिज स्टार फालोको यो पहिलो नेपाल बसाई हुनेछ । फ्रान्स, जर्मनी, टर्की र भारत हुँदै नेपालमा व्यवसायीक फुटबल खेल्न आइपुगेका स्टार डिफेन्डर फालो यस सिजन सुपर लिग खेल्ने हाई प्रोफाईल खेलाडी मध्ये एक समेत हुन् ।
धनगढीको मार्की खेलाडीमा यसपटक राष्ट्रिय फुटबल टोलीका युवा स्टार आशिष चौधरी रहेका छन् । त्यस्तै मुख्य प्रशिक्षकमा युगल किशोर राई रहेका छन् । क्लबमा देवेन्द्र तामाङ, कमल श्रेष्ठ जस्ता राष्ट्रिय टोलीमा सफलता हासिल गरिसकेका अनुभवी खेलाडीहरु पनि छन् ।
धनगढी नेपाल सुपर लिगको पहिलो संस्करणको उपविजेता टोली पनि हो । स्मरण रहोस, सुपर लिगको दोस्रो संस्करण यही आउँदो मंसिर ८ गतेदेखि शुरु हुँदैछ ।
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय
- एसएमसी एसइइ कप हुँदै