News
एन्फाद्वारा सबै फुटबल गतिविधी स्थगित गर्ने घोषणा

काठमाडौं । कोरोना भाइरसको सन्त्रासका कारण अखिल नेपाल फुटबल संघ (एन्फा) ले सबै फुटबल गतिविधीहरु तत्कालका लागि स्थगन गर्ने घोषणा गरेको छ ।
सरकारको निर्देशन बमोजिम एन्फाले आगामी चैत्र ३ गतेदेखि धरानमा हुने उपमेयर राष्ट्रिय महिला लिग पनि स्थगित गरिएको छ । साथै राष्ट्रिय फुटबल टोलीको अभ्यास सत्र पनि तत्कालका लागि स्थगित गरिएको छ ।
त्यति मात्र नभएर एन्फाले आफू मातहतका सबै जिल्ला फुटबल संघहरुलाई अग्रिम सूचना जारी नगर्दासम्म कुनै किसिमको फुटबल गतिविधी नगर्न अपिल समेत गरेको छ ।
साथै हाल भईरहेका प्रतियोगिताहरु सम्बन्धित निकाय वा सरकारले रोक्न निर्देशन दिए मात्र रोक्ने जनाएको छ । स्मरण रहोस, कोरोना भाइरस कै कारण नेपालमा आगामी मार्चमा हुने भनिएको फिफा विश्वकप छनौट तथा एएफसी एसियन कप छनौटका खेलहरु पनि तत्कालका लागि स्थगित गरिएको छ ।
Post Comments
Related News
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय
- एसएमसी एसइइ कप हुँदै