News
एन्फाद्वारा सबै फुटबल गतिविधी स्थगित गर्ने घोषणा
काठमाडौं । कोरोना भाइरसको सन्त्रासका कारण अखिल नेपाल फुटबल संघ (एन्फा) ले सबै फुटबल गतिविधीहरु तत्कालका लागि स्थगन गर्ने घोषणा गरेको छ ।
सरकारको निर्देशन बमोजिम एन्फाले आगामी चैत्र ३ गतेदेखि धरानमा हुने उपमेयर राष्ट्रिय महिला लिग पनि स्थगित गरिएको छ । साथै राष्ट्रिय फुटबल टोलीको अभ्यास सत्र पनि तत्कालका लागि स्थगित गरिएको छ ।
त्यति मात्र नभएर एन्फाले आफू मातहतका सबै जिल्ला फुटबल संघहरुलाई अग्रिम सूचना जारी नगर्दासम्म कुनै किसिमको फुटबल गतिविधी नगर्न अपिल समेत गरेको छ ।
साथै हाल भईरहेका प्रतियोगिताहरु सम्बन्धित निकाय वा सरकारले रोक्न निर्देशन दिए मात्र रोक्ने जनाएको छ । स्मरण रहोस, कोरोना भाइरस कै कारण नेपालमा आगामी मार्चमा हुने भनिएको फिफा विश्वकप छनौट तथा एएफसी एसियन कप छनौटका खेलहरु पनि तत्कालका लागि स्थगित गरिएको छ ।
Post Comments
Related News
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न