काठमाडौं । दोस्रो नेपाल सुपर लिग (एनएसएल) मा पहिलोपटक सहभागिता जनाउन गईरहेको बिरगंज युनाइटेड फुटबल क्लबले नेपालका अन्तर्राष्ट्रिय मिडफिल्डर तेज तामाङलाई आफ्नो आइकोनिक खेलाडीका रुपमा अनुवन्ध गरेको छ ।
पछिल्लो समय अष्ट्रेलियामा बस्दै आइरहेका तेजले पनि नेपाल सुपर लिग खेल्ने पक्का भएको हो । स्मरण रहोस, तेजले एनएसएलको पहिलो संस्करण काठमाडौं रेजर्सका लागि खेल्दै क्लबलाई च्याम्पियन बनाउन पनि महत्वपूर्ण भूमिका खेलेका थिए ।
बिरंगज युनाइटेडको मुख्य प्रशिक्षकमा सनोज श्रेष्ठ रहेका छन् । त्यस्तै मार्की खेलाडीमा भने राष्ट्रिय फुटबल टोलीका गोलरक्षक दिप कार्की रहेका छन् ।
त्यसो त पोखरा थन्डर्सले बिहीबार मात्रै दिनेश राजवंशीलाई आफ्नो आइकोनिक खेलाडीका रुपमा घोषणा गरेको थियो । त्यस्तै बिमल घर्ती मगर एफसी चितवन तथा आशिष लामा बुटवल लुम्बिनी एफसीका आइकोनिक खेलाडीका रुपमा अनुवन्ध भईसकेका छन् ।
सम्झिनु पर्ने कुरा त, हालसम्म आइकोनिक खेलाडीका रुपमा अनुवन्ध भएका चार जना खेलाडीहरु नै नेपालका अन्तर्राष्ट्रिय खेलाडीहरु हुन । र, यी चारै खेलाडीहरु केही हालसालै अष्ट्रेलिया पलायन भएका थिए ।
नेपाल स्पोर्टस एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लि.को आयोजना तथा अखिल नेपाल फुटबल संघ (एन्फा)को विशेष सहयोग र व्यवस्थापनमा हुन गईरहेको नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करण आउँदो मंसिर ८ गतेदेखि शुरु हुँदैछ ।
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै