
पोखरा । केही समय अघि अष्ट्रेलिया पुगेका राष्ट्रिय फुटबल टोलीका अनुभवी युवा डिफेन्डर दिनेश राजवंशी दोस्रो नेपाल सुपर लिग (एनएसएल) खेल्न नेपाल फर्कने भएका छन् । दिनेशलाई पोखरा थन्डर्सले आफ्नो आइकोनिक खेलाडीका रुपमा अनुवन्ध गरेको हो ।
अष्ट्रेलिया पुगेर त्यहाँको यति फुटबल क्लबबाट खेलिरहेका दिनेशले आउँदो मंसिर ८ गतेदेखि शुरु हुन गईरहेको बहुप्रतिक्षित नेपाल सुपर लिगमा पोखरेली क्लबका लागि मैदानमा उत्रिने छन् । दिनेशले यसअघि सुपर लिगको पहिलो संस्करण धनगढीका लागि खेलेका थिए ।
त्यसो त, नेपाल सुपर लिग खेल्न कै लागि नेपाल फर्कन लागेका दिनेश पहिलो खेलाडी भने होईनन् । अष्ट्रेलिया हानिएका राष्ट्रिय फुटबल टोलीका अर्का दुई सदस्यद्वय बिमल घर्ती मगर र आशिष लामाले पनि दोस्रो नेपाल सुपर लिग खेल्ने तय भईसकेको छ ।
बिमल एफसी चितवनको आइकोनिक खेलाडीका रुपमा अनुवन्ध भएका छन् भने आशिष बुटवल लुम्बिनी फुटबल क्लबको आइकोनिक खेलाडीका रुपमा अनुवन्ध भईसकेका छन् । अष्ट्रेलिया पुगेका राष्ट्रिय फुटबल टोलीका अझै केही खेलाडीहरु नेपाल सुपर लिग खेल्न स्वदेश फर्किन सक्ने अपेक्षा गरिएको छ ।
- गण्डकी प्रदेश लिगको तयारी पूरा (खेलतालिकासहित)
- एन्फा कास्कीद्वारा कास्की जिल्ला लिग विजेता लालीगुराँस एसोसिएसनलाई खेल सामाग्री सहयोग
- पोखरा: अन्तर वडा स्तरीय फुटबल प्रतियोगिताको उपाधि वडा नं. १५ लाई
- वडास्तरीय भेट्रान्स फुटबल: उपाधिका लागि वडा १ र १५ भिड्ने
- राजेन्द्र तामाङलाई उत्कृष्ट प्रशिक्षकको अवार्ड