
काठमाडौं । दोस्रो नेपाल सुपर लिग (एनएसएल) खेल्ने तयारीमा रहेको नवआगन्तुक टोली झापा फुटबल क्लबले उज्वेकिस्तानका अनुभवी डिफेन्डर समदर ओचिलोवलाई क्लबमा अनुवन्ध गरेको छ ।
झापाले ओचिलोवलाई अनुवन्ध गरेको कुरा आफ्नो सामाजिक सञ्जालमार्फत समेत जानकारी गराएको छ । व्यवसायीक फुटबल खेल्ने क्रममा कजाखस्तान, ताजिकिस्तान, उज्वेकिस्तान र भारतीय क्लब फुटबलको अनुभव बटुर्लिसकेका ओचिलोवको आगमनले स्क्वाड थप बलियो बन्ने विश्वास क्लबले लिएको छ ।
स्मरणीय छ, झापाको मार्की खेलाडीमा अन्जन बिष्ट छन् । साथै गत सिजन अन्जनले मुम्बई केन्क्रेका लागि आई लिग खेल्दा ओचिलोव अन्जन कै क्लब टिममेट पनि थिए । झापाको मुख्य प्रशिक्षकमा भने स्पेनका ओरिओल मोहेडानो छन् ।
यसपटक नेपाल सुपर लिगमा आफ्नो बलियो दावेदारिता पेश गर्ने लक्ष्यका साथ स्क्वाड तयार पारिरहेको झापाले केही दिन अघि मात्रै सर्बियन गोलरक्षक स्टेफन कुपिजलाई अनुवन्ध गरेको थियो ।
नेपाली राष्ट्रिय फुटबल टोलीका स्टार मिडफिल्डर लाकेन लिम्बु पनि झापा मै आवछ छन् । नेपाल सुपर लिगको दोस्रो संस्करण आउँदो मंसिर ८ गतेदेखि शुरु हुँदैछ ।
- सातौं लो–छोग्याल जिग्मे मोमोरियल कपको नयाँ मिति तय
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- नेपाली राष्ट्रिय यु–२३ फुटबल टोलीको मुख्य प्रशिक्षकमा न्यौपाने
- एन्फाको सहायक महासचिव पदबाट अलग भए जोशी (पत्रसहित)
- महिला लिग छ्नौट खेल्ने क्लबहरुका लागि सामाजिक सञ्जाल र फिफा कनेक्ट कार्यशाला सम्पन्न