बेलबारी । राष्ट्रका लागी खेलकुद स्वास्थ्यका लागी खेलकुद भन्ने मुल नाराका साथ कार्तिक १४ बाट दोस्रो बेलबारी ७ टोल लीग प्रतियोगिता सुरु भएको छ । यस प्रतियोगिता बेलबारी वडा नं. ९ स्थित जनता नमुना मा. वि. को खेल मैदानमा हुने छ ।
स्थानियस्तरबाट नै खेलाडि उत्पादन गर्ने उद्धेश्यले प्रतियोगिताको गरिएको आयोजकले जनाएको छ । प्रतियोगिताको विजेता र उपविजेता खेलाडिहरुलाई प्रोत्साहन स्वरुप ट्रफी र मेडल प्रदान गरिने छ भने विधागततर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको छ ।
प्रतियोगितामा पशुपति (हर्दीबारी) टोल बिकास संस्था, माझ बाहुनी (नयाँ बाहुनी) टोल बिकास संस्था, साङलीइनार कदमचोक टोल बिकास संस्था, सब्य डागिटोल टोल बिकास संस्था, दौलतपुर टोल बिकास संस्था, पुरानो बाहुनि टोल बिकास संस्था गरी ६ टिमहरुको सहभागिता रहेको छ ।
प्रतियोगिता सम्पन्न गर्न ८५ हजार लाग्ने अनुमान गरिएको र प्रतियोगिता सञ्चालनका लागि सहयोग गर्ने देश तथा बिदेशमा रहेका दाताहरु रहेको छ। प्रतियोगिताको समुह चरणको खेलहरु राउण्ड रोबिन लिगका आधारमा हुने पनि आयोजकले जानकारी दियो ।
बाहुनी फुटबल क्लब, बेलबारी–७, बाहुनी, मोरङको आयोजनामा शुरु भएको प्रतियोगिता यही कार्तिक २० गतेसम्म चल्नेछ ।
- तेस्रो पथरी शनिश्चरे गोल्डकपको मिति घोषणा
- गछिया युवा समाजद्वारा दोस्रो गछिया गोल्ड कपको तयारी तीव्र, ८ टिमको सहभागिता हुने
- पाँचौँ अन्तर्राष्ट्रिय आमन्त्रण विराट भेट्रान गोल्डकपको आय-व्यय सार्वजनिक
- प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण सुन्दरहरैँचा खोर्साने गोल्डकपको आयव्यय सार्वजनिक
- इटहरी पेनाल्टी सुटआउटमा विजयी हुँदै फाइनलमा, केराबारीसँग उपाधि भिडन्त तय