News
स्टेफेनले बुटवल लुम्बिनीका लागि खेल्ने

काठमाडौं । दोस्रो नेपाल सुपर लिग (एनएसएल) का लागि बुटवल लुम्बिनी फुटबल क्लबले क्यामरुनी फरवार्ड स्टेफन समिर बिनोङलाई क्लबमा आवद्ध गरेको छ ।
स्मरण रहोस, २६ वर्षिय स्टेफनले नेपाल सुपर लिगको पहिलो संस्करण काठमाडौं रेजर्सका लागि खेल्दै टोलीलाई लिग च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका खेलेका थिए ।
गत संस्करणको शहिद स्मारक ए डिभिजन लिग भने उनले एफसी खुमलटारका लागि खेलेका थिए । त्यसअघि उनले न्युरोडटिम (एनआरटी) का लागि नेपालको शिर्ष लिगमा आफ्नो खुबी देखाईसकेका छन् ।
बुटवल लुम्बिनीको मुख्य प्रशिक्षकमा विजय महर्जन रहेका छन् भने मार्की खेलाडीमा एरिक बिष्ट छन् । त्यस्तै क्लबले आशिष लामालाई आइकोनिक खेलाडीका रुपमा अनुवन्ध समेत गरिसकेको छ । नेपाल सुपर लिगको दोस्रो संस्करण आउँदो मंसिर ८ गतेदेखि शुरु हुँदैछ ।
Post Comments
Related News
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय
- एसएमसी एसइइ कप हुँदै