News धनगढीको स्क्वाडमा 'हाई प्रोफाईल' डिफेन्डर
गोलनेपाल

काठमाडौं । दोस्रो नेपाल सुपर लिग (एनएसएल) खेल्ने तयारीमा रहेको पहिलो संस्करणको उपविजेता धनगढी फुटबल क्लबले चर्चित सेनेगलिज डिफेन्डर फलु डिग्नेलाई अनुवन्ध गरेको छ । फलुलाई अनुवन्ध गरेको कुरा धनगढीले पनि आफ्नो आधिकारिक पेजमार्फत जानकारी गराएको छ ।

३४ वर्षिय फलु एनएसएलको दोस्रो संस्करण खेल्ने अहिलेसम्मकै हाई प्रोफाईल खेलाडी बनेका छन् । चर्चित फ्रेन्च क्लबहरु मेज, रेनेस हुँदै जर्मन क्लब वेर्डर ब्रिमेनबाट पनि व्यवसायीक फुटबल खलिसकेका फलुले धनगढीमा आवद्ध हुनु अघि इण्डियन सुपर लिग क्लब चेन्नईन सिटीका लागि खेलेका थिए ।

फलुले सेनेगलका लागि तीन अन्तर्राष्ट्रिय क्याप पनि जितेका छन् । सेन्टर ब्याक डिफेन्डरका रुपमा खेल्ने फलुको आगमनले धनगढीको स्क्वाड थप बलियो बन्ने अपेक्षा क्लबले गरेको छ । क्लबको मार्की खेलाडीमा आशिष चौधरी छन् भने मुख्य प्रशिक्षक युगल किशोर राई रहेका छन् ।

यही आउँदो मंसिर ८ गतेदेखि शुरु हुन गईरहेको दोस्रो नेपाल सुपर लिगमा यसपटक कुल ९ टोलीहरुले सहभागिता जनाउँदै छन् । लिगको पहिलो संस्करणको उपाधि काठमाडौं रेजर्सले जितेको थियो ।चर्चित सेनेगलिज डिफेन्डर धनगढीमा अनुवन्धित

काठमाडौं । दोस्रो नेपाल सुपर लिग (एनएसएल) खेल्ने तयारीमा रहेको पहिलो संस्करणको उपविजेता धनगढी फुटबल क्लबले चर्चित सेनेगलिज डिफेन्डर फलु डिग्नेलाई अनुवन्ध गरेको छ । फलुलाई अनुवन्ध गरेको कुरा धनगढीले पनि आफ्नो आधिकारिक पेजमार्फत जानकारी गराएको छ ।

३४ वर्षिय फलु एनएसएलको दोस्रो संस्करण खेल्ने अहिलेसम्मकै हाई प्रोफाईल खेलाडी बनेका छन् । चर्चित फ्रेन्च क्लबहरु मेज, रेनेस हुँदै जर्मन क्लब वेर्डर ब्रिमेनबाट पनि व्यवसायीक फुटबल खलिसकेका फलुले धनगढीमा आवद्ध हुनु अघि इण्डियन सुपर लिग क्लब चेन्नईन सिटीका लागि खेलेका थिए ।

फलुले सेनेगलका लागि तीन अन्तर्राष्ट्रिय क्याप पनि जितेका छन् । सेन्टर ब्याक डिफेन्डरका रुपमा खेल्ने फलुको आगमनले धनगढीको स्क्वाड थप बलियो बन्ने अपेक्षा क्लबले गरेको छ । क्लबको मार्की खेलाडीमा आशिष चौधरी छन् भने मुख्य प्रशिक्षक युगल किशोर राई रहेका छन् ।

यही आउँदो मंसिर ८ गतेदेखि शुरु हुन गईरहेको दोस्रो नेपाल सुपर लिगमा यसपटक कुल ९ टोलीहरुले सहभागिता जनाउँदै छन् । लिगको पहिलो संस्करणको उपाधि काठमाडौं रेजर्सले जितेको थियो ।

Post Comments