काठमाडौं । नेशनल ड्युटी लगतै क्लब फुटबलमा फर्किएका नेपालका स्टार डिफेन्डर रोहित चन्दको टोली पेर्सिक केदिरीले इण्डोनेसियन शिर्ष लिगमा शुक्रबार उत्कृष्ट जित हात पारेको छ ।
घरेलु मैदानमा भएको खेलमा पेर्सिकले दश खेलाडीमा सिमित बनेर खेलेको पेर्सिबयालाई ४–० ले हरायो । पेर्सिकको जितमा रेनान सिल्वाले ह्याट्रिक गरे भने थप एक गोल आदि जयन्तोले गरे ।
उता खेलको दोस्रो हाफको शुरुवाततर्फ पेर्सिबयाका रेवा उतमाले रातो कार्ड खाँदै मैदान छाड्दा पाहुना टोली दश खेलाडी खुम्चिएको थियो । जसको फाईदा पेर्सिकले उठाउँदै लिगको छैठौं जित दर्ता गर्न सफल भयो ।
खेल अवधिभर रोहितले टोलीको पहिलो रोजाई मै रहेर खेले र टोलीको जितमा महत्वपूर्ण भूमिका पनि खेले । यो नतिजापछि १७ खेलबाट २३ अंक जोडेको पेर्सिक नवौं स्थानमा छ । पराजित पेर्सिबया भने २२ अंकका साथ दशौं स्थानमा छ ।
पेर्सिकले आफ्नो आगामी खेल आउँदो बिहीबार बोर्नियोसँग खेल्ने कार्यक्रम छ ।
- न्यु स्टार, पेट्रो, सिएफसी र युनिपार्ट सेमिफाइनलमा
- माई अरब लमजुङ दशैं कपः खुलातर्फ नखिल गोर्खा र भेट्रान्सतर्फ लमजुङ एफसी वारियर्सलाई उपाधि
- कतार दशैं कपः चार टोलीहरु क्वाटरफाइनलमा
- प्रथम मुकुम्लुङ कप २०२६: धरान सिटी पोर्चुगल बन्यो च्याम्पियन
- अष्ट्रेलियामा म्याकर्थुर नेपलिज एफसीको आयोजनामा तेस्रो एमएनएफसी एम्पायर कप हुने