News शान्तिनगर सेमिफाइनलमा प्रवेश
गोलनेपाल

बराहक्षेत्र । शान्तिनगर फुटबल क्लब, इटहरी यहाँ जारी वाइवाइ तेस्रो बराहक्षेत्र गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार भएको दोस्रो क्वाटरफाइनलतर्फ बि.एस.के., क्लब, भारतलाई टाईब्रेकरमा हराउँदै शान्तिनगर अन्तिम चारमा प्रवेश गरेको हो । त्यसअघि भएको निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको रोमाञ्चक बराबरी खेलेका थिए ।

निर्धारित समयतर्फ शान्तिनगरका लागि सुरज राउतले गोल गरेका थिए भने बि.एस.के. का लागि फजलले गोल गरेका थिए । टाईब्रेकरमा भने शान्तिनगरले ४–२ को जित निकाल्दै सेमिफाइनल स्थान सुरक्षित गर्न सफल भयो ।

खेलमा शान्तिनगरका आशिष राई म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तरगत कार्तिक १ गते बुधबारको तेस्रो क्वाटरफाइनल खेल चित्लाङ फुटबल क्लब, काठमाडौं र ब्रिगेड ब्वाईज क्लब, काठमाडौंबीच हुने आयोजकले जानकारी दियो ।

चक्रघट्टी फुटबल क्लब, बराहक्षेत्र, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ । फाइनल खेल भने कार्तिक ६ गतेका दिन हुनेछ ।

Post Comments