News राजारानी धनकुटालाई हराउदै ब्रिगेड ब्याइज काठमाण्डौ सेमिफाईनल प्रबेश
गोपाल काफ्ले

राजारानी धनकुटालाई सडन डेथमा हराउदै ब्रिगेड ब्याइज काठमाण्डौ सेमिफाईनल प्रबेश गरेको छ ।

निर्धारीत समयमा पाएको पेन्लाटीलाई सदुपयोग गर्न नसक्दा राजारानी धनकुटाले हार बेहोर्नु पर्यो । खेलको ७१ मिनेटमा राजारानी धनकुटाले पेनाल्टी पाएको थियो ।अशोक खवासलाई पेनाल्टी एरियामा लडाए पछि पाएको पेनाल्टीलाई राजारानी धनकुटाका नवयुग श्रेष्ठले गोल गर्न सकेनन । नवयुगको प्रहार पोलमा लागेर फर्किएको थियो । निर्धारित समयमा गोल नभए पछि खेल पेनाल्टी हुदै सडन डेथमा लम्बिएको थियो । सडन डेथमा ब्रिगेट ब्याइजका कुसल देउवा गोल गरे भने राजारानी धनकुटाका सुनिल खड्काको प्रहार ब्रिगेड ब्याइज गोल रक्षक विसाल सुनारले बचाउदै जित दिलाए ।

निर्धारीत समय गोलरहित बराबरी भए पछि खेल ट्राईबेकरमा धकेलिएको थियो ।ट्राईबेकरमा समेत गोल बराबरी भए पछि सडन डेथमा प्रतियोगिता ब्रिगेट ब्याइज क्लब काठमाण्डौ जित्यो । ट्राईबेकरमा ब्रिगेड ब्याइज क्लब काठमाण्डौका रोशन राना, एन्जल महर्जन, जय गुरुङ, अनिस तामाङले गोल गर्दा गोल किपर विशाल सुनार प्रहार पोलबाट बाहिरीएको थियो । त्यस्तै रारा फुटबल क्लब राजारानीका तर्फबाट नवयुग श्रेष्ठ, विवेक पौडेल, अभिशेक लिम्बु, देबेन्द्र तामाङले गोल गर्दा अशोक खवासको प्रहार ब्रिगेड ब्याइज गोल रक्षक विसाल सुनारले बचाएका थिए । ट्राईबेकरमा नतिजा ननिस्किए पछि खेल सडन डेथमा लम्बिएको थियो ।

यस अघी खेलको ७ मिनेटमा व्रिगेड ब्याइज क्लब काठमाण्डौ रन्जन पुनको प्रहार गरेको बल बाहिरिएको थियो । लगतै ८ मिनेटमा रन्दिप पौडलको पासलाई पोल नजिक रहेका रोशन रानाले गोल गर्नबाट चुके । २७ मिनेटमा डि एरियाबाट रोशन रानाले प्रहार गरेको बल राजारानी धनकुटाका गोल किपर सन्तोष महतले उत्कृष्ट बचाउ गरेका थिए । निकै प्रतिस्पर्दात्मक खेलमा राजारानी धनकुटाले पाएको अवसर गोल गर्न नसक्दा पहिलो खेलबाटै बाहिरिनु परेको छ । खेलको ३ मिनेटमा अशोक खवासले पाएको फ्रि बल पोल बाहिर प्रहार भयो । २६ औं मिनेटमा नवयुग श्रेष्ठको प्रहार व्रिगेट व्वाईजका गोल रक्षक विशाल सुनारले उत्कृष्ट बचाउ गरे । खेलको म्यान अफ द म्याच दुई गोल बचाएका व्रिगट ब्वाई गोल किपर विशाल सुनार घोषित भए । सुनारले नगद ५ हजारका साथ ट्रफिप्राप्त गरे ।

भोलिको खेल लिग विजेता चर्ज ब्वाईज काठमाडौं र विर्तामोड युथ क्लव झापाका विच हुनेछ ।

Post Comments