शनिश्चरे । झापाको अर्जुनधारा ११ स्थित लक्ष्मीधाप खेलमैदानमा सुरु जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगितामा हल्दिबारीको जलथल एफसीले विजयी सुरुवात गरेको हो ।
लक्ष्मीधाप स्पोर्टिङ क्लबले आयोजना गरेको प्रतियोगितामा स्पर्धी चन्द्रगढीको ब्रदर्स युनाइटेडलाई ३-० गोलको फराकिलो अन्तरले पराजित गर्दै जलथलले सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ ।
खेलको ७औँ मिनेटमै विशाल गुरुङले गोल गर्दै खाता खोलेका थिए । जलथलकै उज्ज्वल राईले खेलको २२औँ मिनेटमा गोल गरेर टिमको अग्रता दोब्बर बनाए । खेलको ४२औँ मिनेटमा राजेश राजवंशीले थप गोल गर्दै फराकिलो गोलअन्तर निकाले ।
उद्घाटन खेलको म्यान अफ दी म्याच जलथलका विशाल गुरुङ बने । उनलाई प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देनले नगद २ हजार ५ सय र ट्रफी प्रदान गरे ।
आयोजक क्लबका अध्यक्ष वीरबहादुर राईको अध्यक्षतामा भएको उद्घाटन समारोहमा उपाध्यक्ष सन्तकुमार राईले स्वागत गरेका थिए । भोलि (आइतबार) आयोजक लक्ष्मीधाप स्पोर्टस् क्लबले शनिश्चरे एफसीसँग प्रतिस्पर्धा गर्नेछ ।
कात्तिक ४ गते हुने फाइनल खेलको विजेताले नगद ५१ हजारसहिछ ट्रफी पाउने छ भने उपविजेताले नगद ३१ हजारमा चित्त बुझाउनु पर्नेछ ।
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक
- प्रविन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको अन्तिम चारमा