News पूर्व यु–२० खेलाडी अमरको शल्यक्रिया सम्पन्न
गोलनेपाल

काठमाडौं । नेपालका लागि यु–२० अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता खेलिसकेका युवा डिफेन्डर अमर श्रेष्ठको घुँडाको सफल शल्यक्रिया सम्पन्न भएको छ ।

स्थानीय फुटबल प्रतियोगिता खेल्ने क्रममा अमरको घुँडामा चोट लाग्न पुगेको थियो । घुँडाको एसिएलमा चोट लागेका कारण त्यसैको शल्यक्रिया गरिएको हो ।

सुनसरीका स्थानीय वासिन्दा अमरको हाल सफल शल्यक्रिया सम्पन्न भएको र उनी अहिले स्वास्थ्य लाम लिइरहेको उनको निकट स्रोतले जानकारी दियो ।

स्मरण रहोस, अमरले नेपाली यु–२० फुटबल टोलीका लागि एएफसी यु–२० एसियन कप छनौट र साफ यु–२० च्याम्पियनसिप पनि खेलेका थिए ।

Post Comments