News
फुटसल एसियन कप छनौटः नेपालको खराब शुरुवात

काठमाडौं । शनिबारदेखि मंगोलियामा शुरु एएफसी फुटसल एसियन कप छनौटको समूह डी तर्फ नेपालले हारका साथ छनौट प्रतियोगिताको शुरुवात गरेको छ ।
मंगोलियन शहर उलानबाटोरमा भएको आफ्नो पहिलो खेलमा नेपालले बलियो दक्षिण कोरियासँग ५–१ को हार बेहोरेको हो । नेपालका लागि सुमित श्रेष्ठले एक मात्र गोल फर्काएका थिए ।
समूह डी तर्फ कै अर्को खेलमा भियतनामले आयोजक मंगोलियामाथि ६–१ को सहज जित दर्ता गर्यो ।
समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले सोमबार भियतनामको सामना गर्नेछ भने सोही दिन मंगोलियाले दक्षिण कोरियासँग प्रतिस्पर्धा गर्नेछ ।
समूहको शिर्ष दुई टोली अर्को वर्ष थाइल्याण्डमा हुने एएफसी फुटसल एसियन कपका लागि छनौट हुनेछन् ।
Pic: Mongolia FA
Post Comments
Related News
- एएफसी महिला एसियन कप छ्नौट शुरु, मंगोलिया विरुद्ध भारतको गोलवर्षा
- क्लब विश्वकपः रिभर प्लेटको जित, इन्टर मिलान र डर्टमुन्ड रोकिए
- एसियाबाट फिफा विश्वकपमा सोझै छनौट हुने अष्ट्रेलिया अन्तिम टोली
- लाओससँग पहिलोपटक हार्यो नेपाल, एसियन कप छनौटको यात्रा पनि कठिन
- एसियन कप छनौट: टिमोर लिस्टेसँग माल्दिभ्स स्तब्ध