News
एमएफसी उपाधि नजिक
झिलझिले । सहज जितका साथ एमएफसी युथ क्लब यहाँ जारी प्रथम बोका जुनियर कप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
बुधबार सम्पन्न पहिलो सेमिफाइनलमा एमएफसीले श्रीजंगा युवा समाजलाई शून्यका विरुद्ध ४ गोलले हराउँदै उपाधि नजिक पुग्न सफल भएको हो ।
प्रतियोगिता अन्तरगत असोज १८ गते बिहीबारको दोस्रो सेमिफाइनल खेल दुधे एफसी र केएनके स्र्पोटिङ क्लबबीच हुने आयोजकले जानकारी दियो ।
बोका जुनियर फुटबल क्लब, शिवसताक्षी नगरपालिका–८, झिलझिले, झापाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २५ हजार हात पार्नेछ भने उपविजेताले १५ हजार प्राप्त गर्नेछ । फाइनल खेल यही असोज २० गतेका दिन हुनेछ ।
Post Comments
Related News
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक
- प्रविन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको अन्तिम चारमा