News
नखिल गुर्खाजलाई चौथो सहदेव मेमोरियल कपको उपाधि
काठमाडौं । ओल्ड मंक्स फुटबल क्लब, युएईको आयोजनामा सम्पन्न चौथो सहदेव मेमोरियल कप नकआउट फुटबल प्रतियोगिताको उपाधि नखिल गुर्खाज फुटबल क्लबले जितेको छ ।
शारजाह वान्डर्स स्पोर्टस क्लबमा भएको फाइनल भिडन्तमा नखिल गुर्खाजले लालीगुराँस फुटबल क्लबलाई हराउँदै उपाधि जित्न सफल भएको हो ।
विजेता बनेको नखिल गुर्खाजले उपाधिसहित नगद ४००० युएई दिराम हात पार्यो भने उपविजेता लालीगुराँसले २५०० युएई दिरामसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।
निर कुमार राई प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी चुनिए । अरुन शंकर उत्कृष्ट गोलरक्षक बन्दा सुदिल राईले सर्वाधिक गोलकर्ताको पुरस्कार हात पारे । त्यस्तै जय गुरुङ उत्कृष्ट प्रशिक्षक चुनिए ।
प्रतियोगितामा युएईमा रहेका प्रवासी नेपाली समुदायहरुको कुल १८ टोलीहरुले सहभागिता जनाएको पनि आयोजकले जानकारी दियो ।
Post Comments
Related News
- न्यु स्टार, पेट्रो, सिएफसी र युनिपार्ट सेमिफाइनलमा
- माई अरब लमजुङ दशैं कपः खुलातर्फ नखिल गोर्खा र भेट्रान्सतर्फ लमजुङ एफसी वारियर्सलाई उपाधि
- कतार दशैं कपः चार टोलीहरु क्वाटरफाइनलमा
- प्रथम मुकुम्लुङ कप २०२६: धरान सिटी पोर्चुगल बन्यो च्याम्पियन
- अष्ट्रेलियामा म्याकर्थुर नेपलिज एफसीको आयोजनामा तेस्रो एमएनएफसी एम्पायर कप हुने