News
पोखरा थन्डर्सका मार्की आयुष घलान

पोखरा । राष्ट्रिय फुटबल टोलीका स्टार फरवार्ड तथा विंगर आयुष घलान दोस्रो नेपाल सुपर लिगका लागि पोखरा थन्डर्सको मार्की खेलाडी बनेका छन् । आयुषले पहिलो संस्करणमा पनि थन्डर्स कै लागि खेलेका थिए ।
पहिलो संस्करणमा भने पोखरा थन्डर्सको मार्की खेलाडीमा नवयुग श्रेष्ठ रहेका थिए । स्मरण रहोस, दोस्रो नेपाल सुपर लिगका लागि खेलाडीहरुको लिलामी शनिबार हुँदैछ । लिगमा सहभागिता जनाउने टोलीहरु त्यसकै तयारीमा पनि व्यस्त छन् ।
अन्य सहभागि क्लबहरुले पनि आफ्ना मार्की खेलाडीहरु घोषणा गरिसकेका छन् । शनिबार हुने अक्सनमा कुल १९५ खेलाडीहरुको बोल कबोल हुनेछ ।
स्मरणीय छ, यसपटकको नेपाल सुपर लिग आउँदो मंसिर ८ गतेदेखि शुरु हुँदैछ । लिगमा कुल ९ टोलीहरुले सहभागिता जनाउने छन् । प्रतियोगिताको समापन भने पुष १४ गतेका दिन हुनेछ ।
Post Comments
Related News
- गण्डकी प्रदेश लिगको तयारी पूरा (खेलतालिकासहित)
- एन्फा कास्कीद्वारा कास्की जिल्ला लिग विजेता लालीगुराँस एसोसिएसनलाई खेल सामाग्री सहयोग
- पोखरा: अन्तर वडा स्तरीय फुटबल प्रतियोगिताको उपाधि वडा नं. १५ लाई
- वडास्तरीय भेट्रान्स फुटबल: उपाधिका लागि वडा १ र १५ भिड्ने
- राजेन्द्र तामाङलाई उत्कृष्ट प्रशिक्षकको अवार्ड