News
ललितपुरका मार्की खेलाडी बने अनन्त

काठमाडौं । दोस्रो नेपाल सुपर लिग (एनएसएल) का लागि ललितपुर सिटी फुटबल क्लबले नेपालका स्टार डिफेन्डर अनन्त तामाङलाई आफ्नो मार्की खेलाडीका रुपमा सार्वजनिक गरेको छ । गत संस्करण अनन्त एफसी चितवनमा अनुवन्धित थिए ।
यद्यपि त्यतिबेला नै उनी इष्ट बंगालका लागि इण्डियन सुपर लिग खेल्न भारततर्फ प्रस्थान गरेका थिए । त्यस्तै गत संस्करण ललितपुरको मार्की खेलाडीमा अन्जन बिष्ट थिए । अन्जन भने यसपटक नव आगन्तुक टोली झापा एफसीको मार्की खेलाडीका रुपमा अनुवन्धित भईसकेका छन् ।
नेपाल सुपर लिगको खेलाडी लिलामी यही असोज १९ गतेका दिन हुँदैछ । प्रतियोगिता भने आउँदो मंसिर ८ गतेदेखि शुरु हुने आयोजक नेपाल स्पोर्टस एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा।लि।ले यसअघि नै घोषणा गरिसकेको छ ।
Post Comments
Related News
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय
- एसएमसी एसइइ कप हुँदै