भिलझिले । बोका जुनियर फुटबल क्लब, शिवसताक्षी–८, झिलझिले, झापाको आयोजनामा यही असोज ११ गतेदेखि हुन गईरहेको प्रथम बोका जुनियर कप नकआउट फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।
शिवसताक्षी नगरपालिका–८, झिलझिले स्थित स्थानीय खेलमैदानमा हुने प्रतियोगिताको खेलतालिका पनि सार्वजनिक गरिएको छ । साथै उद्घाटन खेलमा असोज ११ गतेका दिन १ बजेदेखि इभरग्रीन एफसी र श्रीजंगा युवा समाज भिड्ने पनि खेलतालिकामा उल्लेख छ ।
त्यस्तै सोही दिन हुने दोस्रो खेलमा ३ः३० बजेदेखि आयोजक बोका जुनियर एफसी (रातो) र केएनके स्र्पोटिङ क्लब पनि भिड्ने खेलतालिकामा उल्लेख छ । कुल १६ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल असोज २० गतेका दिन हुनेछ ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद २५ हजार हात पार्नेछ भने उपविजेताले १५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै विधागततर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक
- प्रविन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको अन्तिम चारमा