News
११औं भंगेरी कप कार्तिक पहिलो सातादेखि

म्यागङ । कन्यास्थान युवा क्लब, म्यागङ–६, पुरानोपानी, नुवाकोटको आयोजनामा आउँदो कार्तिक १ गतेदेखि ११औं भंगेरी कप खुला नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।
म्यागङ गाउँपालिका–६, पुरानोपानी स्थित स्थानीय खेलमैदानमा हुने प्रतियोगितामा सहभागिता जनाउन चाहने इच्छुक क्लबहरुका लागि असोज ३० गतेसम्म टिमदर्ता खुला गरिएको छ । साथै टिमदर्ता शुल्क १०,५०० तोकिएको छ ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ११ हजार हात पार्नेछ भने उपविजेताले ५५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।
Post Comments