
काठमाडौं । नेपालको प्रजातान्त्रिक आन्दोलनका सर्वमान्य नेता लौह पुरुष गणेशमान सिंहको २६औं स्मृति दिवसमा काठमाडौं जिल्लाव्यापी अन्तरपालिका फुटसल प्रतियोगिता आयोजना हुने भएको छ ।
काठमाडौं जिल्ला नेपाल तरुण दलको आयोजनामा हुने प्रतियोगितामा काठमाडौंका ११ पालिकाको सहभागिता रहने नेपाल तरुण दल काठमाडौं जिल्ला अध्यक्ष कृष्णजी खड्काले जानकारी दिए ।
भदौ ३० गते काठमाडौं महानगरसहित ११ वटै पालिकामा वडास्तरीय प्रतियोगिता सञ्चालन हुने र त्यो प्रतियोगिताको विजेता टोलीले सिंहको २६औं स्मृति दिवसका दिन असोज २ गते प्रतिस्पर्धा गर्ने प्रतियोगिता संयोजक सन्तोष बुढाथोकीले जानकारी दिए ।
प्रतियोगिताका विजेताले दुई लाख २२ हजार दुई सय २२ र उपविजेताले एक लाख ११ हजार एक सय ११ रुपैयाँ पुरस्कार पाउने छन् । यस्तै सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्ताले जनही ११ हजार एक सय ११ रुपैयाँ पुरस्कार पाउने छन् ।
एक दिने प्रतियोगिताका खेलहरु बालवाटारको ढुकु फुटसलमा सञ्चालन हुनेछ । काठमाडौं जिल्लाका ११ पालिकाका एक सय ३८ वडाबीच हुने बृहत प्रतियोगिता सञ्चालनका लागि १५ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको प्रतियोगिता संयोजक बुढाथोकीले बताए ।
२०४६ सालको ऐतिहासिक जनआन्दोलनका सर्वोच्च कमान्डर सिंहको २०५४ साल असोज २ गते ८२ वर्षको उमेरमा निधन भएको थियो । सो दिनलाई नेपाली कांग्रेस र पार्टीका विभिन्न भातृ संगठनले स्मृति दिवसका रुपमा मनाउने गरेका छन् ।
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय
- एसएमसी एसइइ कप हुँदै