फुङलिङ । जुट विकास फुटबल एकेडेमी, इटहरी यहाँ जारी ताप्लेजुङ गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
सोमबार भएको पहिलो सेमिफाइनलतर्फ जुट विकासले पथरी फुटबल क्लब, मोरङलाई टाईब्रेकरमा हराउँदै उपाधि नजिक पुग्न सफल भएको हो ।
त्यसअघि श्री भानु जन माविको खेल मैदानमा भएको निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगिएपछि खेलको निर्णय टाईब्रेकरबाट लिइएको थियो । टाईब्रेकरमा जुट विकासले पथरीमाथि ५–४ को जित निकाल्दै फाइनल प्रवेश पक्का गर्यो ।
खेलमा जुट विकासका गोलरक्षक सुजित चौधरी म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद ५ हजार र मेडल हात पारे । प्रतियोगिता अन्तरगत भदौ १९ गते मंगलबारको दोस्रो सेमिफाइनल खेल रेड हर्ष फुटबल क्लब, इलाम र रेड स्टार फुटबल क्लब, बिर्तामोड, झापाबीच हुने आयोजकले जानकारी दियो ।
लाखेजात्रा संचालन समिति, ताप्लेजुङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख ११ हजार हात पार्नेछ भने उपविजेताले १ लाख ५१ हजार प्राप्त गर्नेछ ।
- ताप्लेजुङको सॉवामा दोस्रो अलैँची कप मंसिर २ देखि, विजेताले ३ लाख २ हजार रुपैयाँको अलैँची पाउने
- सिरिजङगा गोल्डकप तथा सिरिजङगा मेला–२०८३ मंसिर २३ देखि २९ गतेसम्म हुने
- ताप्लेजुङ गोल्डकपमा ५२ लाख ९६ हजार बढीको टिकट बिक्री
- ताप्लेजुङ गाेल्डकपमा टिकट बिक्रीबाट सवा ३८ लाख संकलन
- सल्हेश सिरहालाई दोस्रोपटक ताप्लेजुङ गोल्डकपको उपाधि