काठमाडौं । अष्ट्रेलियामा लामो समयदेखि फुटबलसँगै सामाजिक कार्यक्रमा पनि निरन्तर सक्रिय रहेको यति फुटबल क्लबको अध्यक्षमा कर्ण राना निर्वाचित भएका छन् । मेलबर्न स्थित काठमाडौं ब्यान्क्वेटमा भएको कार्यसमितिको निर्वाचनबाट राना अध्यक्षमा निर्वाचित भएका हुन् ।
त्यस्तै नयाँ कार्यसमितिको उपाध्यक्षमा सज्जन शर्मा र अनमिका राई गुरुङ निर्वाचित भएका छन् । कोषाध्यक्षमा बिपस्ना लामा निर्वाचित भएकी छिन् भने सचिवमा रुक्सन राई तथा सह–सचिवमा भरत राना निर्वाचित भएका छन् ।
त्यसैगरी सदस्यहरुमा इन्द्र गुरुङ, विशन गुरुङ, सुरुची श्रेष्ठ, लक्ष्मी गुरुङ र मोनिका महर्जन निर्वाचित भएका छन् । क्लबको आईपीपीमा राज शर्मा छन् भने बोर्ड अध्यक्षमा बम गुरुङ रहेका छन् ।
स्मरण रहोस अष्ट्रेलियाको घरेलु फुटबल संरचनाको पहिलो खुड्किलो मानिने स्टेट फाईभ लिग खेलिसकेको यति एफसी हाल सामुदायिक फुटबलतर्फ सन्डे फुटबल खेलिरहेको छ । साथै अष्ट्रेलियामा नेपाली समुदायहरुबीच आफ्नो फरक र विशिष्ठ पहिचान बनाउन पनि सफल भईसकेको छ ।
- न्यु स्टार, पेट्रो, सिएफसी र युनिपार्ट सेमिफाइनलमा
- माई अरब लमजुङ दशैं कपः खुलातर्फ नखिल गोर्खा र भेट्रान्सतर्फ लमजुङ एफसी वारियर्सलाई उपाधि
- कतार दशैं कपः चार टोलीहरु क्वाटरफाइनलमा
- प्रथम मुकुम्लुङ कप २०२६: धरान सिटी पोर्चुगल बन्यो च्याम्पियन
- अष्ट्रेलियामा म्याकर्थुर नेपलिज एफसीको आयोजनामा तेस्रो एमएनएफसी एम्पायर कप हुने