काठमाडौं । “नेपाली राष्ट्रिय महिला फुटबल टिमलाई सहयोगार्थ” यही भदौ १० गते आइतबार जापानको चिबा क्षेत्र नारिता सहरमा दोस्रो डायमण्ड फुटसल प्रतियोगिता हुन् भएको छ ।
नेपाली समय अनुसार बिहान ७ बजेदेखि शुरु हुने प्रतियोगितामा जापानका विभिन्न क्षेत्रहरुबाट आएका ३३ नेपाली समुदायका फुटसल टोलीहरुले सहभागिता जनाउने खेल संयोजक मदन थुलुङ राईले बताए ।
प्रतियोगिताको विजेताले उपाधिसहित ५ लाख ११ हजार १११ जापानी येन हात पार्नेछ भने उपविजेताले २ लाख २२ हजार येन प्राप्त गर्नेछ । त्यस्तै तेस्रो हुने टोलीलाई पनि नगद १ लाख जापानी येन सहित ट्रफी, मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको खेल संयोजक राईले बताए ।
नेपाली राष्ट्रिय महिला फुटबल टिमलाई थप उर्जा र हौसला प्रदान गर्नका लागि विदेशी भुमिमा पनि बृहत फुटसल प्रतियोगिता गर्न लागिएको डायमण्ड नारिताका अध्यक्ष नविन दिप गुरुङले जानकारी दिए ।
- न्यु स्टार, पेट्रो, सिएफसी र युनिपार्ट सेमिफाइनलमा
- माई अरब लमजुङ दशैं कपः खुलातर्फ नखिल गोर्खा र भेट्रान्सतर्फ लमजुङ एफसी वारियर्सलाई उपाधि
- कतार दशैं कपः चार टोलीहरु क्वाटरफाइनलमा
- प्रथम मुकुम्लुङ कप २०२६: धरान सिटी पोर्चुगल बन्यो च्याम्पियन
- अष्ट्रेलियामा म्याकर्थुर नेपलिज एफसीको आयोजनामा तेस्रो एमएनएफसी एम्पायर कप हुने