काठमाडौं । मलेसियामा रहेका प्रवासी नेपालीहरुद्वारा स्थापित जोहोर नेप्लिज फुटबल कम्युनिटी एफसीको आयोजनामा आगामी नोभेम्बर १२ र १३ तारीखका दिन जोहोर गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ ।
नेपालीहरुको महान चाड मध्ये एक दिपावलीको अवसर पारी आयोजना हुन गईरहेको प्रतियोगितामा मलेसियामा रहेका प्रवासी नेपाली समुदायका फुटबल टोलीहरुले सहभागिता जनाउन पाउने आयोजकले जानकारी दियो । प्रतियोगितालाई सफलताका साथ सम्पन्न विभिन्न समितिहरु पनि गठन गरिएको आयोजकले जनाएको छ ।
जोहोर शहर स्थित एरेना मुटिआरा जोहोर ल्याण्डमा हुने प्रतियोगितामा सहभागिता जनाउन चाहने इच्छुक क्लबहरुका लागि अक्टुबर १५ तारीखसम्म टिमदर्ता खुला गरिएको छ । साथै टिमदर्ता शुल्क २५०० रिंगेट तोकिएको छ ।
त्यसमा डिपोजिट वापतको १२५० रिंगेट अनिवार्य रुपमा अग्रिम बुझाउनु पर्ने पनि आयोजकले जानकारी दियो । त्यस्तै प्रतियोगिताको खेलतालिका भने अक्टुबर २५ तारीखका दिन निकालिने पनि आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेताले उपाधिसहित २० हजार मलेसियन रिंगेट हात पार्नेछ भने उपविजेताले १० हजार मलेसियन रिंगेटसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।
प्रतियोगिता अवधिभर प्रत्येक खेलको म्यान अफ द म्याच पुरस्कारको व्यवस्था गरिएको छ । र, व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने सबै खेलाडीहरुलाई जनही ३००–३०० रिंगेट र ट्रफी पनि प्रदान गरिने आयोजकले जानकारी दियो ।
प्रतियोगिताको आधिकारिक मिडिया पार्टनरमा गोलनेपाल डटकम रहेको छ । र प्रतियोगिताको सबै खेलहरु गोलनेपालले प्रत्यक्ष प्रसारण गर्नेछ ।
- न्यु स्टार, पेट्रो, सिएफसी र युनिपार्ट सेमिफाइनलमा
- माई अरब लमजुङ दशैं कपः खुलातर्फ नखिल गोर्खा र भेट्रान्सतर्फ लमजुङ एफसी वारियर्सलाई उपाधि
- कतार दशैं कपः चार टोलीहरु क्वाटरफाइनलमा
- प्रथम मुकुम्लुङ कप २०२६: धरान सिटी पोर्चुगल बन्यो च्याम्पियन
- अष्ट्रेलियामा म्याकर्थुर नेपलिज एफसीको आयोजनामा तेस्रो एमएनएफसी एम्पायर कप हुने