News
लोयल्टी कप: सिद्धार्थ बनस्थली र एलए सेमिफाइनलमा
काठमाडौं । सिद्धार्थ बनस्थली र लिटिल एन्जल्स (एलए) दसौं लोयल्टी कप अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगितामा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।
सिद्धार्थ बनस्थलीले टीआईएलाई ५–० गोलले पराजित गर्यो । विजेताका अनमोल खत्रीले ३ तथा जेनिश रेग्मीले २ गोल गरे । टीआईएका सक्षम डंगोल ‘म्यान अफ द म्याच’ घोषित भए । सेमिफाइनलमा सिद्धार्थ बनस्थलीको भेट आयोजक लोयल्टी एकेडेमी ‘बी’ संग हुने छ ।
डिफेन्डिङ च्याम्पियन एलएले काष्ठमण्डपलाई ८–० को फराकिलो गोलअन्तरले हरायो । एलएका प्रसुन तुलाधरले ५ तथा तुसानमान सिंहले ३ गोल गरे । काष्ठमण्डपका प्रशान्त लिम्बू ‘म्यान अफ द म्याच’ चुनिए । सेमिफाइनलमा एलएले टाइमलाइन विरुद्ध प्रतिस्पर्धा गर्ने छ । दुवै सेमिफाइनल बिहीबार हुने छ ।
Post Comments
Related News
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै