News
लोयल्टी कप: सिद्धार्थ बनस्थली र एलए सेमिफाइनलमा
काठमाडौं । सिद्धार्थ बनस्थली र लिटिल एन्जल्स (एलए) दसौं लोयल्टी कप अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगितामा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।
सिद्धार्थ बनस्थलीले टीआईएलाई ५–० गोलले पराजित गर्यो । विजेताका अनमोल खत्रीले ३ तथा जेनिश रेग्मीले २ गोल गरे । टीआईएका सक्षम डंगोल ‘म्यान अफ द म्याच’ घोषित भए । सेमिफाइनलमा सिद्धार्थ बनस्थलीको भेट आयोजक लोयल्टी एकेडेमी ‘बी’ संग हुने छ ।
डिफेन्डिङ च्याम्पियन एलएले काष्ठमण्डपलाई ८–० को फराकिलो गोलअन्तरले हरायो । एलएका प्रसुन तुलाधरले ५ तथा तुसानमान सिंहले ३ गोल गरे । काष्ठमण्डपका प्रशान्त लिम्बू ‘म्यान अफ द म्याच’ चुनिए । सेमिफाइनलमा एलएले टाइमलाइन विरुद्ध प्रतिस्पर्धा गर्ने छ । दुवै सेमिफाइनल बिहीबार हुने छ ।
Post Comments
Related News
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय
- एसएमसी एसइइ कप हुँदै