काठमाडौं । साफ यु–१६ च्याम्पियनसिपका लागि देशव्यापी रुपमा भएको खुला छनौट कार्यक्रमबाट नेपालको यु–१६ फाइनल स्क्वाड घोषणा गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार २३ सदस्यीय फाइनल स्क्वाड घोषणा गरेको हो ।
स्मरण रहोस, यही भदौ १५ देखि २४ गतेसम्म भुटानमा हुन गईरहेको साफ यु–१६ च्याम्पियनसिपतर्फ नेपाल समूह ए मा परेको छ । जहाँ नेपालले गत संस्करणको विजेता भारत र बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ । नेपाल भने गत संस्करणको उपविजेता हो ।
त्यस्तै समूह बी मा भने आयोजक भुटानसँगै माल्दिभ्स र पाकिस्तान रहेका छन् । प्रत्येक समूहको शिर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।
नेपालको फाइनल स्क्वाडः
गोलकिपर्सः बिशेष बानियाँ, पेम्बा नुर्बु भोटे, भक्त बहादुर परियार
डिफेन्डर्सः एकराज विश्वकर्मा, किशन थापा, अरबिन्द कुमार धामी, भुवन कामी, प्रशान्त मोक्तान, निशान राज लावत, किशोर कुमार दनवार, सरन एसके
मिडफिल्डर्सः सुजल स्याङ्तन, राम थामी, पेम्बा तामाङ, गणेश पुलामी मगर, विनायक थारु, सुबास बम, लक्ष्मण थामी, दिलन लिम्बु
फरवार्डसः सन्तोष गोङ्बा, रोहित श्रेष्ठ, हिमेश माझी, दर्शन अधिकारी
- एन्फा महासचिव किरण राई र अध्यक्ष पंकज नेम्वाङलाई मेक्सिको जान रोक, राईले जनाए आपत्ति
- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- साफ महिला च्याम्पियनसिपका लागि ३५ खेलाडीहरु बन्द प्रशिक्षणमा बोलाइए
- सरकारको योजनाः सातै प्रदेशमा रंगशाला, खेल प्रशासनमा राजनैतिक नियुक्ति खारेज (पत्रसहित)
- विवादबीच प्रक्रिया पूरा गर्दै राष्ट्रिय टोली लाओस प्रस्थान (पत्रसहित)