News
वैवाहित बन्धनमा बाँधिए राष्ट्रिय फरवार्ड बिमल
काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोली तथा मच्छिन्द्र फुटबल क्लबका चर्चित फरवार्ड बिमल घर्ती मगर वैवाहिक बन्धन बाँधिएका छन् । बिमलले आइतबार प्रेमिका लिना प्रधानसँगको आफ्नो समयदेखिको प्रेमसम्बन्धलाई विवाहमा परिणतका गरेका हुन् ।
बिमल र लिना पछिल्लो केही वर्षदेखि प्रेमसम्बन्धमा थिए । वैवाहिक कार्यक्रममा बिमल र लिनाका निकट आफन्तहरुको मात्र उपस्थिति रहेको बताइएको छ । भर्खरै कोलकातामा सम्पन्न मोहन बगान विरुद्धको एएफसी कपको छनौट खेलेर फर्किए लगतै बिमलले लिनासँग लगनगाँठो कसेका हुन् ।
लिना हाल रोजगारीका लागि युएईमा कार्यरित छिन् । बिमल भने घरेलु फुटबलमा मच्छिन्द्र कै लागि व्यस्त छन् । साथै आउँदो बहुप्रतिक्षित नेपाल सुपर लिगको संस्करणमा ललितपुर सिटी फुटबल क्लबको मार्की खेलाडीका रुपमा पनि अनुवन्धित भईसकेका छन् ।
Post Comments
Related News
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै