काठमाडौं । एएफसी फुटसल एसियन कप छनौट खेल्ने तयारीमा रहेको नेपालले त्यसका लागि राष्ट्रिय फुटसल टोली तयार पार्न अखिल नेपाल फुटबल संघ (एन्फा) ले खुला छनौट कार्यक्रमको आयोजना गर्ने भएको छ ।
भदौ १० देखि १५ गतेसम्म चन्द्रागिरी स्थित मत्स्य रिक्रिएशन सेन्टरमा हुने छनौट कार्यक्रममा सहभागिताका लागि एन्फाले आफू मातहतका प्रदेश र जिल्ला फुटबल संघसँगै ए, बी र सी डिभिजन क्लबहरुलाई अनुरोध समेत गरेको छ ।
छनौट कार्यक्रममा सहभागि हुँदा एन्फाले तोकेको फर्म भरि पासपोर्ट वा नागरिकता अनिवार्य लिई उपस्थित हुन सम्बन्धित खेलाडीहरुलाई जानकारी समेत गराएको छ । साथै छनौट कार्यक्रमका लागि भर्नुपर्ने फर्म एन्फाको आधिकारिक वेबसाईटबाट डाउनलोड पनि गर्न सकिनेछ ।
स्मरण रहोस, आउँदो असोज २० देखि २४ गतेसम्म मंगोलियामा हुन गईरहेको एएफसी फुटसल एसियन कप छनौटतर्फ नेपाल समूह डी मा परेको छ । जहाँ नेपालले आयोजक मंगोलियासँग भियतनाम र दक्षिण कोरिया विरुद्ध प्रतिस्पर्धा गर्नेछ ।
फर्म डाउनलोड गर्न तलको लिंक क्लिक गर्नुहोस्ः
छनौट कार्यक्रमका लागि एन्फाले जारी गरेको पत्रः

- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)