News
लोयल्टी र टाइमलाइन सेमिफाइनलमा
काठमाडौं । आयोजक लोयल्टी ‘बी’ र टाइमलाइन दसौं लोयल्टी कप अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगितामा मंगलबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।
लोयल्टी ‘बी’ ले हिमालयबाट वाकओभर पायो । टाइमलाइनले शिशु मिलनलाई १६–० को विशाल गोलअन्तरले पराजित गर्यो । टाइमलाइनका स्ट्रेनजर तामाङले ६, निशान तामाङले ५, निश्चल थापाले ४ र नामुकजंग बस्नेतले १ गोल गरे । शिशु मिलनका अनुभव श्रेष्ठ ‘म्यान अफ द म्याच’ घोषित भए ।
बाँकी दुई सेमिफाइनल पुग्ने टोलीको टुंगो बुधबार लाग्ने छ । त्यस दिन काष्ठमण्डप र डिफेन्डिङ च्याम्पियन लिटिल एन्जल्स (एलए) तथा सिद्धार्थ बनस्थली र टीआईएबीच क्वाटरफाइनल हुने छ ।
Post Comments
Related News
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय
- एसएमसी एसइइ कप हुँदै