शुक्रबारे । श्री रत्नदेवी युवा समाज, छथर गाउँपालिका अध्यक्ष कप तथा भदौरे पुर्णिमा मेला व्यवस्थापन समिति, शुक्रबारे, तेह्रथुमको आयोजनामा आउँदो भदौ १२ गतेदेखि छथर गाउँपालिका अध्यक्ष कप नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।
छथर गाउँपालिकाको खेलमैदानमा हुने प्रतियोगिताको भदौ ८ गतेसम्म टिमदर्ता पनि खुला गरिएको छ । साथै टिमदर्ता शुल्क ५ हजार तोकिएको छ । जसमा १ हजार धरौटी रकम बुझाउनु पर्ने पनि आयोजकले जानकारी दियो ।
छथर गाउँपालिका, तेह्रथुमको मुख्य प्रायोजनमा हुन गईरहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ५१ हजार हात पार्नेछ भने उपविजेताले ७५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै सेमिफाइनलमा पराजित हुने दुई टोलीलाई पनि जनही २०–२० हजार प्रदान गरिने आयोजकले जनाएको छ ।
व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो । त्यसैगरी खेलमा पहेंलो कार्ड पाउने खेलाडील २५० र रातो कार्ड पाउने खेलाडीले ५०० तिर्नुपर्ने पनि आयोजकले जनाएको छ ।
- तेह्रथुममा जारी नेत्र गुरागाई स्मृति गोल्डकपको उपाधि समीकरण पुरा
- बिबिसी म्याङ्लुङ र चुटान स्पोर्टिङ क्लब तेह्रथुममा जारी नेत्र गुरागाई स्मृति गोल्डकपको अन्तिम चारमा
- तेह्रथुमको म्याङ्लुङमा नेत्र गुरागाँई स्मृति गोल्डकप सुरु
- तेह्रथुम आठराई–बोखिम खुल्ला पुरुष फुटबलको उपाधि ह्वाकूलाई
- संखुवासभालाई मदन मेला पुरुष फुटबलको उपाधि