काठमाडौं (खेलदैनिक) । छैटौं नेपाल एपिएफ स्कुल कप विद्यालयस्तरीय फुटबल प्रतियोगिताको उपाधि नेपाल पुलिस स्कुलले जितेको छ ।
फाइनल भिडन्तमा नेपाल पुलिस स्कुलले ग्रिन भिलेज एजुकेशन फाउण्डेशन कीर्तिपुरलाई २—१ गोल अन्तरले पराजित गर्दै उपाधि जित्न सफल भएको हो । समापन कार्यक्रममा विशेष अतिथि सशस्त्र प्रहरी नायव महानिरीक्षक बंशीराज दाहाल लगायत अतिथीहरुले विजेता खेलाडीहरुलाई पुरस्कृत गरे ।
त्यस्तै प्रतियोगिताको व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलरक्षक नेपाल पुलिस स्कुलका इसान श्रेष्ठ घोसित भए भने सोही स्कुलका सन्देश तामाङ्ग सर्वाधिक गोलकर्ता बने । त्यसैगरी प्रतियोगिता कै सर्वोतकृष्ट खेलाडी सोदिन अवाल घोषित भए ।
त्यसैगरी साल्भिनिया एकेडेमी, कीर्तिपुर अनुशासित खेलाडी समुह बन्न सफल भएको थियो । उत्कृष्ट खेलाडीहरुलाई राष्ट्रिय महिला फुटबल टोलीका सदस्यद्धय साबित्रा भण्डारी र अनिता बस्नेतले संयुक्त रुपमा ट्रफी तथा प्रमाण पत्र वितरण गरेका थिए ।
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै