काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को यही साउन १९ गते बस्ने कार्यसमितिको बैठकमा राष्ट्रिय पुरुष तथा महिला फुटबल टोलीका सदस्यहरुलाई समान पुरस्कार पाउनेबारे छलफल हुने भएको छ । एन्फाले बैठकमा थप गर्ने विषयसूचीमा खेलाडहिरुको पुरस्कार रकमबारे एजेन्डा पनि समेटिएको हो ।
स्मरण रहोस, एन्फाले आफ्नो विधान अनुसार कार्यसमिति सदस्यहरुलाई बैठकमा विषयसूची थप्नेबारे जानकारी गराएको थियो । सोही अनुसार पदाधिकारीहरुबाट प्राप्त विषयसूची मध्ये एन्फाले बैठकमा सदस्यहरुबाट प्राप्त थप ९ विषय सूचीहरुलाई थप्ने निर्णय गरेको हो ।
त्यस्तै संघको विधान संसोधन, महिला एकेडेमी सञ्चालन, महिला राष्ट्रिय टिमको नकआउट प्रतियोगिता, महिला तथा पुरुष फुटबल खेलाडीहरुको पुरानो बाँकी पुरस्कार बारे र नयाँ जिल्ला फुटबल संघ गठनबारे लगायतका विषयसूचीहरु थपिएको एन्फाले जनाएको छ ।
थपिएका विषयसूचीहरुबारे विस्तृत पढ्नुहोस्ः

- एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईलाई पक्राउ गर्न अदालतको आदेश
- भरतले उद्धार मैदानमै लगाए मेजरको फुली
- एनएसजेएफ पल्सर स्पोर्टस अवार्डतर्फ ‘पिपुल्स च्वाईस अवार्ड’ को मनोनयनमा फुटबलकी पूजा
- निलम्बनमा रहेको एन्फाले फिफा कै प्रतियोगिता खेल्न खेलाडी छनौट गर्दै
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”