News
मच्छिन्द्रसँग रामेछाप निरीह
काठमाडौं । प्रतिष्ठित एएफसी कपको पहिलो चरणको छनौट खेल खेल्ने तयारीमा रहेको मच्छिन्द्र फुटबल क्लबले आइतबार रामेछाप जिल्ला फुटबल संघको टोली विरुद्ध मैत्रीपूर्ण फुटबल म्याच खेलेको छ ।
एन्फा कम्प्लेक्समा भएको खेलमा मच्छिन्द्रले रामेछाप विरुद्ध ७–० को प्रभावशाली र एकतर्फी जित निकाल्यो । मच्छिन्द्रले रामेछाप विरुद्ध बिमल घर्ती मगर, आयुष घलान, आफिज ओलावाले जस्ता अनुभवी र चर्चित खेलाडीहरुलाई पनि मैदानमा उतारेको थियो ।
स्मरण रहोस, मच्छिन्द्रले यही साउन २३ गते (अगस्त ८) का दिन भुटानी लिग च्याम्पियन पारो फुटबल क्लबसँग एएफसी कपको पहिलो चरणको खेल खेल्दैछ । जुन खेल दशरथ रंगशालामा हुने पनि तय भईसकेको छ ।
ुसो खेलमा जित हात पार्न सके मच्छिन्द्रले साउन ३१ गते (अगस्त १६ तारीख) का दिन दोस्रो चरणको खेलमा चर्चित भारतीय क्लब मोहन बगान विरुद्ध खेल्नेछ ।
Post Comments
Related News
- एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईलाई पक्राउ गर्न अदालतको आदेश
- भरतले उद्धार मैदानमै लगाए मेजरको फुली
- एनएसजेएफ पल्सर स्पोर्टस अवार्डतर्फ ‘पिपुल्स च्वाईस अवार्ड’ को मनोनयनमा फुटबलकी पूजा
- निलम्बनमा रहेको एन्फाले फिफा कै प्रतियोगिता खेल्न खेलाडी छनौट गर्दै
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”