काठमाडौं । आठौं एसियन आप्रवासी फुटबल प्रतियोगितामा नेपाली फुटबल टिम (कतार) ले तेस्रो जित हात पारेको छ । समूह ए तर्फको आफ्नो चौथो खेलमा नेपालले दक्षिण कोरियालाई ४–१ ले हरायो ।
हिलाल स्थित अल अरबी स्पोर्टस क्लबमा भएको खेलमा नेपालका लागि पहिलो हाफतर्फ सातौं मिनटमै राकेश सापकोटाले पहिलो गोल गरेका थिए । पहिलो हाफ मै सापकोटाले नेपालको अग्रता दोब्बर पारेका थिए ।
त्यस्तै ३७औं मिनटमा दिल्ली पाराहाङले नेपालका लागि तेस्रो गोल गरे । उता ५४औं मिनटमा दक्षिण कोरियाले एक गोल फर्काउँदै खेलमा फर्कने प्रयास गरे पनि सफल भएन ।
पहिलो गोल खाए लगतै नेपालले कोरिया विरुद्ध चौथो गोल फर्काउन सफल भएको थियो । नेपालका लागि ५९औं मिनटमा जमन लिम्बुले चौथो गोल गर्दै टोलीको जित पक्का गरे ।
जारी प्रतियोगितामा अपराजित रहेको नेपालले बंगलादेश र फिलिपिन्सलाई हराएको थियो भने भारतसँग बराबरी खेलेको थियो । प्रतियोगिता अन्तरगत समूह चरणको अन्तिम खेलमा नेपालले यहि २७ फेब्रुअरीका दिन इण्डोनेसियाको सामना गर्नेछ ।
- रोमाञ्चक फाइनलमा वी प्लेलाई हराउँदै मछेनारायणले उचाल्यो एरिना फुटसलको ट्रफी
- एसियन पेन्ट्स च्याम्पियन्स कपः मनकामना ब्वाइजतर्फ च्याम्पियन, महिला फुटबलमा सेमिफाइनल समीकरण पूरा
- वल्र्ड कलेज र मनकामना सेकेण्डरी स्कुल फाईनलमा
- सातदोबाटो एफसीलाई पहिलो महिला इम्पाएर कपको उपाधि
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि