News
खुमलटारको जित, पुलिस र चर्च ब्वाईजको बराबरी
काठमाडौं । यु–१६ ए डिभिजन लिगतर्फ शनिबार भएका दुई खेलहरु मध्ये एक खेलमा एफसी खुमलटारले उत्कृष्ट जित हात पार्दा अर्को खेलमा नेपाल पुलिस क्लब र चर्च ब्वाईज युनाइटेड रोमाञ्चक बराबरी खेलेका छन् ।
एन्फा कम्प्लेक्समा भएको खेलमा खुमलटारले फ्रेण्डस क्लबमाथि ३–१ को प्रभावशाली जित निकाल्यो । त्यस्तै च्यासल स्टेडियमा भएको खेलमा भने पुलिस र चर्च ब्वाईजले ३–३ गोलको रोमाञ्चक बराबरी खेल्दै अंक बाँडे ।
प्रतियोगिता अन्तरगत चौथो चरणका खेलहरु आउँदो साउन २० गतेदेखि शुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले सार्वजनिक गरेको खेलतालिकामा उल्लेख छ ।
Post Comments
Related News
- रोमाञ्चक फाइनलमा वी प्लेलाई हराउँदै मछेनारायणले उचाल्यो एरिना फुटसलको ट्रफी
- एसियन पेन्ट्स च्याम्पियन्स कपः मनकामना ब्वाइजतर्फ च्याम्पियन, महिला फुटबलमा सेमिफाइनल समीकरण पूरा
- वल्र्ड कलेज र मनकामना सेकेण्डरी स्कुल फाईनलमा
- सातदोबाटो एफसीलाई पहिलो महिला इम्पाएर कपको उपाधि
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि