काठमाडौं । डायमण्ड नारिता, जापानको आयोजनामा जापानमा रहेका प्रवासी नेपालीहरुबीच अगस्त २७ तारीखका दिन दोस्रो डायमण्ड कप फुटसल प्रतियोगिता हुने भएको छ ।
प्रतियोगिताको आवश्यक तयारी शुरु भईसकेको बताउँदै आयोजकले इच्छुक क्लबहरुका लागि टिमदर्ता पनि खुला गरिएको जानकारी दियो । साथै टिमदर्ता शुल्क ४१ हजार जापानिज येन तोकिएको पनि आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५,११,१११ जापानीज येन हात पार्नेछ भने उपविजेताले २,२२,२२२ येन हात पार्नेछ । त्यस्तै तेस्रो स्थान हासिल गर्ने टोलीले पनि १,००,००० येनसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।
आधिकारिक मिडिया पार्टनगर रहेको गोलनेपालले प्रतियोगिताको खेलहरु प्रत्यक्ष प्रसारण गर्नेछ ।
- न्यु स्टार, पेट्रो, सिएफसी र युनिपार्ट सेमिफाइनलमा
- माई अरब लमजुङ दशैं कपः खुलातर्फ नखिल गोर्खा र भेट्रान्सतर्फ लमजुङ एफसी वारियर्सलाई उपाधि
- कतार दशैं कपः चार टोलीहरु क्वाटरफाइनलमा
- प्रथम मुकुम्लुङ कप २०२६: धरान सिटी पोर्चुगल बन्यो च्याम्पियन
- अष्ट्रेलियामा म्याकर्थुर नेपलिज एफसीको आयोजनामा तेस्रो एमएनएफसी एम्पायर कप हुने