
काठमाडौं । सन् २०२६ मा हुने फिफा विश्वकपको एसियाली छनौटतर्फ पहिलो चरण र दोस्रो चरणको ड्र आज निकालिंदैछ । मलेसियास्थित एएफसीको मुख्यालयमा हुने ड्र कार्यक्रम अन्तरगत पहिलो चरणको ड्र नेपाली समय अनुसार ११ः४५ बजेदेखि शुरु हुँदैछ । त्यस्तै दोस्रो चरणको ड्र भने नेपाली समयअनुसार १ः४५ बजेदेखि शुरु हुनेछ ।
पहिलो चरणतर्फ फिफा वरियताको १७५औं स्थानमा रहेको नेपाल पोट एकमा परेको छ । र, नेपालले पोट दुईमा रहेका दश टोलीहरु बंगलादेश, भुटान, ब्रुनेई, गुआम, लाओस, मकाउ, मंगोलिया, पाकिस्तान, श्रीलंका र टिमोर लिस्टे मध्ये एक टोलीसँग खेल्ने निश्चित छ ।
पहिलो चरणको छनौट खेल अन्तरगत आगामी अक्टुबरमा दुई खेलहरु हुनेछन् । पहिलो चरणमा जित हात पार्ने टोलीहरुले दोस्रो चरणमा थप बलिया टोलीहरुसँग होम एण्ड अवेका आधारमा प्रतिस्पर्धा गर्नेछन् । दोस्रो चरणबाट विश्वकपसँगै एसियन कप छनौटको ढोको पनि खुल्नेछ ।
- जोर्डन पहिलोपटक फिफा विश्वकपका लागि छनौट, दक्षिण कोरिया पनि छनौट
- उज्वेकिस्तान पहिलोपटक फिफा विश्वकपका लागि छ्नौट
- एएफसी यु-२३ एसियन कप छनौटको समूह के मा नेपाल
- अल अहली पहिलोपटक एसियाली क्लब फुटबलको च्याम्पियन
- एएफसी च्याम्पियन्स लिग इलिटमा अल नासरको चुनौति पनि समाप्त, उपाधिका लागि अल अहली र कावासाकी भिड्ने