News
अष्ट्रेलियाः प्रथम वारियर्स कप हुने
काठमाडौं । ब्रिसबेन वारियर्स फुटबल क्लब, ब्रिसबेन, अष्ट्रेलियाको आयोजनामा आगामी नोभेम्बर ४ र ५ तारीखका दिन प्रथम वारियर्स कप खुला नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।
मिचेलटन फुटबल क्लबको खेलमैदानमा हुने प्रतियोगितामा सहभागिता जनाउन चाहने इच्छुक क्लबहरुका लागि टिमदर्ता पनि अहिलेबाटै खुला गरिएको आयोजकले जानकारी दियो । प्रतियोगितामा अष्ट्रेलियामा रहेका आप्रवासी नेपालीहरुको टोलीले सहभागिता जनाउन पाउने पनि आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेताले उपाधिसहित १० हजार डलर हात पार्नेछ भने उपविजेताले ५ हजार डलर प्राप्त गर्नेछ । त्यस्तै तेस्रो स्थान हासिल गर्ने टोलीले पनि ३ हजार डलर प्राप्त गर्ने आयोजकले जानकारी दियो । त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
Post Comments
Related News
- न्यु स्टार, पेट्रो, सिएफसी र युनिपार्ट सेमिफाइनलमा
- माई अरब लमजुङ दशैं कपः खुलातर्फ नखिल गोर्खा र भेट्रान्सतर्फ लमजुङ एफसी वारियर्सलाई उपाधि
- कतार दशैं कपः चार टोलीहरु क्वाटरफाइनलमा
- प्रथम मुकुम्लुङ कप २०२६: धरान सिटी पोर्चुगल बन्यो च्याम्पियन
- अष्ट्रेलियामा म्याकर्थुर नेपलिज एफसीको आयोजनामा तेस्रो एमएनएफसी एम्पायर कप हुने