News
यु–१६ लिगः संकटाको पहिलो जित

काठमाडौं । यु–१६ ए डिभिजन लिगतर्फ बिहीबारदेखि दोस्रो चरणका खेलहरु शुरु भएका छन् । पहिलो खेलमा एपिएफसँग २–१ ले पराजित हुन पुगेको संकटा क्लबले दोस्रो चरणतर्फको पहिलो खेलमा बिहीबार उत्कृष्ट जित हात पार्यो ।
सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको खेलमा संकटाले चर्च ब्वाईज युनाइटेडमाथि ४–१ को प्रभावशाली जित हात पारेको हो । चर्च ब्वाईजले भने लिगमा लगातार दोस्रो हार बेहोरेको छ । चर्च ब्वाईजले पहिलो चरणको खेलमा फ्रेण्डससँग २–० को हार बेहोरेको थियो ।
लिग अन्तरगत दोस्रो चरणका बाँकी चार खेलहरु साउन ६ गते शनिबारका दिन हुने एन्फाले जनाएको छ ।
Post Comments
Related News
- सूर्यविनायकमा ५० हजार क्षमता भएको रंगशाला निर्माण हुने : प्रधानमन्त्री ओली
- प्रधानमन्त्रीद्वारा आज नेसनल हाई परफमेन्स सेन्टरको उद्घाटन हुँदै
- साबित्रासहित १० खेलाडीलाई इन्साइट भिजन स्कुल र राजधानी क्याम्पसको सम्मान
- अवसर पाए विदेशी भन्दा अब्बल छन् नेपाली प्रशिक्षकः अनन्त थापा
- एन्फा युथ लिगः जितको लय मै संकटा