काठमाडौं । गोर्खा फुटबल क्लब, ओन्टोरियो, क्यानडाको आयोजनामा आउँदो अगस्त ५ र ६ तारीखका दिन पाँचौं खुकुरी कप इन्टर सिटी नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।
लण्डन, ओन्टारियोमा हुने दुई दिने प्रतियोगिताको टिमदर्ता पनि खुला गरिएको छ । साथै टिमदर्ता शुल्क १ हजार डलर तोकिएको आयोजक क्लबका दिकमान गुरुङले जानकारी दिए । प्रतियोगितामा क्यानडा र अमेरिकी शहरहरुमा रहने आप्रवासी नेपाली समुदायहरुको फुटबल टोलीहरुले सहभागिता जनाउने पनि आयोजकले जानकारी दियो ।
गुरुङ एकता समाज, लण्डन, ओन्टारियो, क्यानडाको विशेष सहयोग रहने प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० हजार डलर हात पार्नेछ भने उपविजेताले ५ हजार डलरसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजक क्लब कै अर्का सदस्य विजय तामाङले बताए ।
- न्यु स्टार, पेट्रो, सिएफसी र युनिपार्ट सेमिफाइनलमा
- माई अरब लमजुङ दशैं कपः खुलातर्फ नखिल गोर्खा र भेट्रान्सतर्फ लमजुङ एफसी वारियर्सलाई उपाधि
- कतार दशैं कपः चार टोलीहरु क्वाटरफाइनलमा
- प्रथम मुकुम्लुङ कप २०२६: धरान सिटी पोर्चुगल बन्यो च्याम्पियन
- अष्ट्रेलियामा म्याकर्थुर नेपलिज एफसीको आयोजनामा तेस्रो एमएनएफसी एम्पायर कप हुने