News
थाइल्याण्डलाई दोस्रोपटक उपाधि

काठमाडौं । इण्डोनेसियामा सम्पन्न तेस्रो एएफएफ यु–१९ महिला च्याम्पियनसिपको उपाधि दोस्रोपटक थाइल्याण्डले जित्न सफल भएको छ । थाइल्याण्डले यसअघि प्रतियोगिताको पहिलो संस्करण पनि जितेको थियो । उपाधि जित्ने क्रममा थाइल्याण्डले भियतनामलाई २–१ ले हरायो ।
स्मरण रहोस, थाइल्याण्डले पहिलो संस्करणको उपाधि जित्दा पनि फाइनलमा भियतनामलाई नै हराएको थियो । यो हारसँगै लगातार तीन फाइनल खेल्ने एक्लो टोली भियतनाम तेस्रोपटक पनि फाइनलमा पराजित हुँदै उपविजेता मै सिमित बन्न बाध्य बनेको छ ।
त्यस्तै म्यानमार प्रतियोगिताको तेस्रो टोली बन्यो । तेस्रो स्थानका लागि भएको प्ले अफ म्याचमा म्यानमारले आयोजक इण्डोनेसियालाई टाईब्रेकरमा ४–२ ले हरायो । त्यसअघि निर्धारित समय र थपिएको अतिरिक्त समयमा दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए ।
Post Comments
Related News
- एएफसी महिला एसियन कप छ्नौट शुरु, मंगोलिया विरुद्ध भारतको गोलवर्षा
- क्लब विश्वकपः रिभर प्लेटको जित, इन्टर मिलान र डर्टमुन्ड रोकिए
- एसियाबाट फिफा विश्वकपमा सोझै छनौट हुने अष्ट्रेलिया अन्तिम टोली
- लाओससँग पहिलोपटक हार्यो नेपाल, एसियन कप छनौटको यात्रा पनि कठिन
- एसियन कप छनौट: टिमोर लिस्टेसँग माल्दिभ्स स्तब्ध