News
अमेरिका: राकेश काफ्ले स्मृति कप २०२३ फुटबल प्रतियोगिता हुने
स्वर्गीय श्रष्टा राकेश काफ्ले ज्यूको सम्झनामा 'राकेश काफ्ले स्मृति कप २०२३’ फुटबल प्रतियोगिता हुने भएको छ।
सांग्रिला युथ फुटबल क्लबको आयोजनामा अमेरिकाको ओहायो राज्यको एक्रोन शहरमा रहेको कोप्ले सकर कम्पेक्समा जुलाई सात देखि नौ तारिक सम्म प्रतियोगिता हुने सांग्रिला परिवारले जनाएको छ।
स्व काफ्ले नेपाली भाषी भूटानी समुदायका प्रशिद्ध नेपाली साहित्यकार तथा गीतकार हुन। यस क्लबका सस्थापक समेत रहेका काफ्ले सामाजिक कार्यमा अत्यन्त मेरिमेट्ने व्यक्ति थिए। उनको सन् २०१८ मा निधन भएको हो।
सांग्रिला युथ फुटबल क्लब सन् २००३मा मोरङ्गको पथरी शरणार्थी शिविरमा स्थापना भएको क्लब हो। क्लबका प्रशिक्षक एवं ‘राकेश काफ्ले स्मृति कप २०२३’ प्रतियोगिता आयोजक समितिका संयोजक किरण थापाका अनुसार तेस्रो देशको पुनर्वास पछि केही समय क्लब सुस्ताएको थियो।
पछि सन् २०२० मा अमेरिकामा यस क्लबको पुनस्थापना गरिएको हो। पुन सक्रिय भए पछि क्लबले पहिलो पटक प्रतियोगिता आयोजना गर्न लागेको हो।
‘स्वर्गीय काफ्ले ज्यूले नेपाली भाषा, साहित्य र संगीतमा पुर्याएको योगदानको सम्मान गर्दै क्लबले वाँहाको सम्झनामा प्रतियोगिता आयोजना गर्न लागेको हो । प्रतियोगिता एडल्स र भेट्रान गरि दुई विधामा हुने छ। दुबै तर्फ १२/१२ टिमहरू सहभागि भएका छन्। दुबै तर्फ नेपाली भाषीले मात्र खेल्न पाउने छन् जसमा भेट्रान्स तर्फ ३५ वर्ष माथिका खेलाडी सहभागि हुने छन्।
प्रतियोगितामा एडल तर्फको विजेताले दश हजार र उप विजेताले ६ हजार अमेरिकी डलर नगर पुरस्कार पाउँने छ। यस्तै भेट्रान्समा प्रथम हुनेलाई सात हजार र उपविजेतालाई पाँच हजार डलर नगद पुरस्कार दिइने छ।
प्रतियोगितामा ओहायो सहित पेन्सिलभेनया, नर्थ क्यारोलीना, जर्जिया, टेक्सास, भ्रमट र न्यूयोर्कका टिमहरूले भाग लिने छन्। प्रतियोगितालाई थप मनोरंजन र भव्या पार्न स्तापित कलाकारहरूले गायन तथा नृत्य प्रस्तुत गर्ने छन् भने ईण्ट्रा नेसनल ह्वेलफेयर एण्ड सपोट फौंडेशन अफ अमेरिकाका सि.ई.ओ. डिल्ली अधिकारीले प्रतियोगिताको उद्घाटन गर्ने निधो गरिएको छ।
Post Comments
Related News
- न्यु स्टार, पेट्रो, सिएफसी र युनिपार्ट सेमिफाइनलमा
- माई अरब लमजुङ दशैं कपः खुलातर्फ नखिल गोर्खा र भेट्रान्सतर्फ लमजुङ एफसी वारियर्सलाई उपाधि
- कतार दशैं कपः चार टोलीहरु क्वाटरफाइनलमा
- प्रथम मुकुम्लुङ कप २०२६: धरान सिटी पोर्चुगल बन्यो च्याम्पियन
- अष्ट्रेलियामा म्याकर्थुर नेपलिज एफसीको आयोजनामा तेस्रो एमएनएफसी एम्पायर कप हुने