News
भलढुंगालाई छात्रा फुटबलको उपाधि

धरान । प्रथम अन्तरविद्यालय छात्रा फुटबल प्रतियोगिताको उपाधि भलढुंगा माविले जितेको छ । फाइनलमा होलील्याण्ड स्कुललाई हराउँदै भलढुंगा च्याम्पियन बनेको हो ।
धरान रंगशालामा भएको उपाधि भिडन्तमा भलढुंगाले होलील्याण्डमाथि शून्यका विरुद्ध ८ गोलको फराकिलो अन्तरको जित निकाल्दै उपाधि चुम्न सफल भएको हो ।
विजेता बनेको भलढुंगाले उपाधिसहित नगद २० हजार हात पार्यो भने उपविजेता होलील्याण्डले नगद १० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।
धरान उप–महानगरपालिकाको आयोजनामा भएको प्रतियोगितामा व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई उचित पुरस्कार सहित पुरस्कृत गरिएको थियो ।
Post Comments