News
ईद भेट्रान्स कप हुँदै (खेलतालिकासहित)
काठमाडौं । युनाइटेड स्टार एफसी, युएईको आयोजनामा यही जुन २८ तारीखका दिन ईद भेट्रान्स कप नकआउट फुटबल प्रतियोगिता हुँदैछ ।
अबु हैल स्थित दुबई स्काउट मिसनको मैदानमा हुने प्रतियोगितामा कुल १६ टोलीहरुले सहभागिता जनाएको आयोजकले जानकारी दियो ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद १५ सय दिराम हात पार्नेछ भने उपविजेताले १ हजार दिरामसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जानकारी दियो ।
युएईमा रहेका आप्रवासी नेपालीहरुबीच हुन गईरहेको प्रतियोगिताको व्यक्तिगत विधातर्फ पनि उत्कृष्ट हुने खेलाडीहरुलाई उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
Post Comments
Related News
- एन पेनाङ एफसीले आशिष राईका लागि करिब १२ लाख रुपैयाँ जुटायो
- अञ्जिलालाई हङकङमा सम्मानसहित रकम हस्तान्तरण
- खेलाडी आशिष राईको सहयोगार्थ अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल आज
- चोटिल खेलाडी आशिष राईको उपचारार्थ मलेसियामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याच हुने
- फिफा विश्वकप हेर्न क्यानडा पुगेका ५ नेपालीले मागे शरणार्थी दर्जा