आयोजक ढडुवा एफसीको (बी) टिम प्रथम ढडुवा गलाउ मेचे स्मृति कप फुटबल प्रतियोगिताको पहिलो खेलबाटै बाहिरिएको छ ।
मंगलबार भएको अन्तिम क्वाटरफाइनल खेलमा गोलधाप एफसीसँग ढडुवाले १-० गोलले हार व्यहोरेको हो । पञ्चायत माविको खेलमैदानमा भएको खेलमा सनम हेमरमले गोलधाप एफसीका लागि निर्णायक गोल गरेका थिए ।
पहिलो हाफको इन्जुरी समयमा पाएको अवसरलाई सनमले गोलमा परिणत गराएका हुन् । पहिलो हाफको अन्तिम समयमा पाएको फ्रिकिकमा ढडुवाका गोलरक्षक अरिप ढुंगानाले पञ्च आउट गर्ने क्रममा बल भित्रिएपछि सनमले गोलपोस्टको दिशा दिएका थिए । विपक्षीको तुलनामा निकै सम्हालिएर खेलेका ढडुवाका खेलाडीले पटक पटक पाएको अवसर खेर फाले भने गोलधापका रक्षक सन्तोष हेमरम झन बाधक बनेका थिए ।
हेमरम खेलको म्यान अफ दी म्याच बने । घरेलु मैदानमा समर्थन पाएको ढडुवाका खेलाडीले अपेक्षाभन्दा उत्कृष्ट प्रदर्शन गरेर दर्शकको मन जित्न सफल भए । तर, हार टार्न भने सकेनन् । ढडुवा एफसीले आयोजना गरेको प्रतियोगितामा भोलि (बुधबार) एनसीएफसी सैनिकले न्यू स्टार क्लब खोपबाडीसँग पहिलो सेमिफाइनल खेल खेल्नेछ ।
- शनिश्चरे एफसी बिर्तामोड च्यालेञ्ज कपको सेमिफाइनलमा
- बिर्तामोड च्यालेञ्ज कपमा उर्लाबारीको विजयी सुरुवात
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा