झापाको हल्दिबारीमा जारी प्रथम ढडुवा गलाउ मेचे स्मृति कप फुटबल प्रतियोगितामा शनिबार जित दर्ता गर्दै बिर्तामोडको न्यू स्टार क्लब खोपबाडी सेमिफाइनलमा प्रवेश गरेको छ ।
आज भएको पहिलो क्वाटरफाइनल खेलमा स्पर्धी झापा एफसी राजगढलाई २-१ गोलअन्तरले पराजित गर्दै न्यू स्टारले सेमिफाइनल यात्रा तय गरेको हो । न्यू स्टारका लागि बबिन बोहोराले खेलको ५ मिनेटमै हेडरमार्फत गोल गर्दै अग्रता दिलाएका थिए ।
प्रतिस्पर्धात्मक खेलको ५०औँ मिनेटमा बबिनले नै आकर्षक गोल गर्दै अग्रता दोब्बर बनाए । खेलको अन्तिम १० मिनेट रोमाञ्चक बनेको थियो । जसमा झापा एफसीका लागि कप्तान श्याम मुर्मुले खेलको ५८औँ मिनेटमा गोल गरे ।
खेलमा फर्किन अन्तिम सेकेण्डसम्म प्रयत्न गरेको झापा एफसीले अन्त्यमा हार स्वीकार्न बाध्य बन्यो । खेलको म्यान अफ दी म्याच न्यू स्टारका कप्तान सनम राई घोषित भए ।
ढडुवा एफसी हल्दिबारीले आयोजना गरेको प्रतियोगितामा भोलि (आइतबार) बगान युथ क्लब कचनकवल र जलथल एफसी हल्दिबारीबीच हुनेछ ।
- शनिश्चरे एफसी बिर्तामोड च्यालेञ्ज कपको सेमिफाइनलमा
- बिर्तामोड च्यालेञ्ज कपमा उर्लाबारीको विजयी सुरुवात
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा