
काठमाडौं । एएफसी यु–१७ एसियन कपतर्फ समूह ए बाट आयोजक थाइल्याण्ड समूह विजेताका रुपमा नकआउट चरणमा प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा थाइल्याण्डले यमनमाथि १–० को जित निकाल्यो ।
पाथुम थानी स्टेडियममा भएको खेलको अन्तिमतिर इन्जुरी समयमा तनकृत लोम्नाकले गरेको एक मात्र गोल मात्र गोल घरेलु टोलीलाई जित दिलाउन निर्णायक बन्यो । स्मरण रहोस, नकआउट चरणमा थाइल्याण्ड र यमन यसअघि नै प्रवेश गरिसकेका थिए ।
बुधबारको नतिजापछि शतप्रतिशत जितका साथ तीन खेलबाट ९ अंक जोडेको थाइल्याण्ड समूह ए को शिर्ष स्थानमा रहेर समूह विजेता बन्यो । ६ अंकका साथ यमन समूह उपविजेता बन्दै नकआउट चरणमा पुग्यो ।
त्यस्तै बुधबार नै भएको प्रतिष्ठाको भिडन्तमा मलेसियाले लाओसमाथि २–१ को जित निकाल्यो र प्रतियोगितामा सुखद समापन गर्न सफल भयो । यो नतिजापछि ३ अंक जोडेको मलेसिया तेस्रो स्थानमा रह्यो र समूह चरणबाटै बाहिरियो । अंकविहीन लाओस भने पुछारमा रहेर प्रतियोगिताको समापन गर्न बाध्य बन्यो ।
- एएफसी महिला एसियन कप छ्नौट शुरु, मंगोलिया विरुद्ध भारतको गोलवर्षा
- क्लब विश्वकपः रिभर प्लेटको जित, इन्टर मिलान र डर्टमुन्ड रोकिए
- एसियाबाट फिफा विश्वकपमा सोझै छनौट हुने अष्ट्रेलिया अन्तिम टोली
- लाओससँग पहिलोपटक हार्यो नेपाल, एसियन कप छनौटको यात्रा पनि कठिन
- एसियन कप छनौट: टिमोर लिस्टेसँग माल्दिभ्स स्तब्ध